• ०४:४६ २०८१ बैशाख ७ गते
  • 4:46 am

सेयर बजार ओरालो यात्रामै

प्रकाशित मिति

२०७९ भाद्र २२ गते, बुधबार ०४:००

nepse gateko e1620295217788

२२ भाद्र २०७९, काठमाडौं: आज (बुधबार) पनि सेयर बजार ओरालो यात्रामै छ। नेप्से परिसूचक घट्दा कारोबार रकम ८३ करोडमा सिमित छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.९७ अंकले घटेर १९३९.८८ विन्दुमा झरेको छ। नेप्से ०.६१ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १.७० अंकले घटेर ३७७.३८ विन्दुमा झरेको छ ।


कूल २२४ वटा कम्पनीको २९ लाख ४३ हजार ७ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा ८२ करोड ६२ लाख ३० हजार ५ सय ८३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ ।


त्यसैगरी, बुधबार कारोबार रकममा नेपाल टेलिकमले अग्रता कायम गरेको छ । टेलिकमको ५ करोड १५ लाख ६० हजार रूपैयाँ बराबरको कारोबार भएको छ। आज सनराइज फर्स्ट म्युचुअल फण्डको मूल्य सबैभन्दा धेरै बढेको छ । उक्त फण्डको मूल्य ७।७२ प्रतिशतले बढेर ११ रूपैयाँ ५८ पैसा पुगेको छ। यस दिन १० प्रतिशत प्राइम डिबेञ्चर, २०८८ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ५.८८ प्रतिशतले घटेर ९ सय २२ रूपैयाँ ४० पैसामा झरेको छ ।

प्रतिकृया