• ०९:२९ २०८१ बैशाख ४ गते
  • 9:29 am

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, युरोभन्दा डलर महँगो

प्रकाशित मिति

२०७९ भाद्र २२ गते, बुधबार ०६:१६

dollar1 e1644892008313

२२ भाद्र २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ४४ पैसा र बिक्री दर १२८ रुपैयाँ ०४ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ५९ पैसा र बिक्री दर १२७ रुपैयाँ १८ पैसा रहेको छ।


बेलायती पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ६५ पैसा र बिक्री दर १४८ रुपैयाँ ३४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७९ पैसा र बिक्री दर ३४ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

image 9

प्रतिकृया