• १३:१८ २०८० फाल्गुन ११ गते
  • 1:18 pm

कुमारी क्यापिटलको साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०७९ भाद्र २१ गते, मंगलवार ०१:४७

kumari capital e1662451370485

२१ भाद्र २०७९, काठमाडौ: कुमारी क्यापिटल लिमिटेडको चौँथो वार्षिक साधारण सभा हिजो भदौ २० गते, सोमबार सम्पन्न भएको छ ।कम्पनिको सञ्चालक समितिका अध्यक्ष विकास खनालको सभापतित्वमा टंगालस्थित कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा सम्पन्न भयो । उक्त सभामा कम्पनीको आर्थिक वर्ष २०७८र७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफारनोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचीहरु पारीत भएको छ ।


सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने २ करोड रूपैयाँ बराबरको नगद लाभांश ९करसमेत० वितरण गर्ने प्रस्ताव सर्वसम्ममतिबाट पारित गरेको छ । सभाका अध्यक्षले कम्पनीले आगामी दिनहरुमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरुको पँहूच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजि बजारको विकासमा उल्लेखनिय योगदान पुर्याउने विश्वास दिलाउँदै शेयरधनी कुमारी बैंक लिमिटेड, नियामक निकाय तथा सम्पुर्ण सुभेच्छुकहरुबाट प्राप्त सहयोगका लागि कृतज्ञता व्यक्त गरेका छन् ।

प्रतिकृया