• ०६:१७ २०८१ बैशाख ७ गते
  • 6:17 am

सानिमा माई हाइड्रोपावरले सवा १६ करोड नगद लाभांश वितरण गर्ने

प्रकाशित मिति

२०७९ भाद्र २१ गते, मंगलवार ११:४६

sanima mai e1662444114940

२१ भाद्र २०७९, काठमाडौ: सानिमा माई हाइड्रोपावरले लाभांश घोषणा गरेको छ।कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट ५.२६३२ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले १६ करोड २५ लाख ९२ हजार १ सय ५८ रुपैयाँ बराबरको नगद बितरण गर्नेछ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।


कम्पनीले कार्तिक २ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १२ गते बुक क्लोज गर्ने भएको छ। असोज ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

305640971 1051049398919770 1676925749850051338 n

प्रतिकृया