• ०९:१२ २०८१ बैशाख ४ गते
  • 9:12 am

पर्वतारोही पूर्णिमा श्रेष्ठ वाइवाइ चाउचाउको ब्रान्ड एम्बासडर

प्रकाशित मिति

२०७९ भाद्र २० गते, सोमबार ०६:२४

Image 1 TM4gKDGASA

२० भाद्र २०७९, काठमाडौँ : चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रीन्कस्को ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । नेपालको पर्यटन प्रबद्र्धनमा विशेष भूमिका खेल्दै आएको चौधरी ग्रुपले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ ब्रान्ड एम्बासडर नियुक्त गरेको हो ।


आइतबार आयोजित एक समारोहबिच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आरोही श्रेष्ठलाई ब्रान्ड एम्बासडर नियुक्त गरेका हुन् । यसअघि सगरमाथासहित नेपालको ८००० मिटरभन्दा माथि उचाईका ७ ओटा हिमालहरु चढिसकेकी श्रेष्ठ बिना अक्सिजन मनास्लु हिमालको आरोहणमा जाँदै छिन् । सो कार्यक्रममा प्रबन्ध निर्देशक चौधरीले श्रेष्ठलाई वाइवाइको झन्डा प्रदान गरे-जुन झन्डा श्रेष्ठले मनास्लु हिमालको चुचुरोमा फहराउनेछिन् ।

प्रतिकृया