• ०५:१९ २०८१ बैशाख ७ गते
  • 5:19 am

आज नेप्से घट्यो, परिसूचक ४.२९ अंकले घटेर १९७३.०१ विन्दुमा

प्रकाशित मिति

२०७९ भाद्र २० गते, सोमबार ०३:४४

nepse 11zon e1643114637142

२० भाद्र २०७९, काठमाडौं: आज (सोमबार) फेरि सेयर बजारले ओरालो यात्रा नै तय गरेको छ। नेप्से परिसूचक घट्दा कारोबार रकम १ अर्ब पनि पुग्न सकेन । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४.२९ अंकले घटेर १९७३.०१ विन्दुमा झरेको छ । नेप्से ०.२२ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.८२ अंकले घटेर ३८२.९५ विन्दुमा झरेको छ ।


कूल २२४ वटा कम्पनीको २४ लाख ४४ हजार ३ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा ९० करोड ९९ लाख ४ हजार ७ सय ५१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज लघुवित्त फण्ड र उत्पादन तथा प्रषोधनबाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ ।


त्यसैगरी, सोमबार पनि कारोबार रकममा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले नै अग्रता कायम गरेको छ । कम्पनीको ९ करोड ९६ लाख ९४ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । आज मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ७.४३ प्रतिशतले बढेर ४ सय ९३ रूपैयाँ ३० पैसा पुगेको छ ।


यस दिन रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ६.५५ प्रतिशतले घटेर ९ सय २० रूपैयाँमा झरेको छ।

प्रतिकृया