• ०९:४९ २०८१ बैशाख ४ गते
  • 9:49 am

श्रृजनशील लघुवित्तको आइपीओकाे आवेदन दिने आजसम्म

प्रकाशित मिति

२०७९ भाद्र १९ गते, आईतवार ०१:३०

IPO e1656924489512

१९ भाद्र २०७९, काठमाडौं: श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा आवदेन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यही भदौ १५ गतेदेखि सर्वसाधरणका लागि साधारण सेयरको आवेदन खुलाएको थियो । लघुवित्तले जारी पुँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५९ कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।


जसमध्ये, कर्मचारीहरूका लागि ५ हजार ४७० कित्ता छुट्याइएको थियो । यस्तै, सामूहिक लगानी कोषका लागि १९ हजार ६९० कित्ता सेयर छुट्टयाएर बाँकी बसेको ३ लाख ६८ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित आइपीओ बिक्री पछि कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिकृया