“मोटरहेडको ४ को चमत्कार, वाइक पनि वचत पनि अफर”
प्रकाशित मिति
२०७९ भाद्र १९ गते, आईतवार ११:५५
१९ भाद्र २०७९, काठमाडौँ: नेपालका लागी मोटरहेड ब्राण्डका आधिकारीक वितरक एस.एल.आर टेक्नो एण्ड ट्रेड प्रा.लि.ले यही १९ भाद्र २०७९ बाट १५ कार्तिक २०७९ सम्म लागू हुने गरी आफ्नो “४ को चमत्कार, वाइक पनि वचत पनि अफर सार्वजनिक गरेको छ । कम्पनीले मोटरहेड व्राण्डका वाइक खरीद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत रु.७,९००।– देखि रु.१,००,०००।– जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले रु.१,००,०००।– जित्न सक्ने अफर सार्वजनिक गरेको छ । यसका साथसाथै Tekken 250 पुरानो मोडल जुनै पनि माध्यमबाट खरीद गर्दा सिधै रु.२५,०००।– छुटको व्यवस्था गरेको छ । यसका साथै कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा पाल्नु हुने ग्राहकहरुलाई टेष्ट राइड गराई उपहार दिने र आफ्नो Pose & Post Campaign अन्तर्गत शोरुममा फोटो खिची Like तथा Share गरी हरेक हप्ता एक जनाले आर्कषक उपहार समेत पाउने व्यवस्था गरेको छ ।
मोटरहेडको हाल Tekken 250, Tekken R 250 upgraded, Sports250 Road, Sports 250 Offroad, MH-150, MH-200X, X-Torque र Scrambler गरी ८ मोडलका वाइकहरु रु.३,१०,०००।– देखि रु.४,९५,०००।– सम्म MRP मा विक्रि गर्दै आएको छ । कम्पनीको, उपत्यकामा मित्रपार्क, टेकु, वालाजु, धोविघाट र सल्लाघारी भक्तपुर गरी ५ ठाउँमा शोरुम रहेको छ भने उपत्यका बाहिर विर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती ,बुटवल, धादिङ, पोखरा, बाग्लुङ र जुम्ला गरी १० स्थानमा डिलर रहेको छ ।
प्रतिकृया