• १४:११ २०८० चैत्र १६ गते
  • 2:11 pm

अग्रता जोगाउन नसक्दा सिटीले शीर्ष स्थानमा उक्लने मौका गुमायो

प्रकाशित मिति

२०७९ भाद्र १९ गते, आईतवार ०७:५१

haland

१९ भाद्र २०७९, एजेन्सी : सुरूआती अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ। यो बराबरीसँगै सिटीले शीर्ष स्थानमा उक्लने मौकासमेत गुमाएको छ। भिल्ला पार्क बर्मिङघममा शनिबार राति भएको खेलमा सिटीले घरेलु टोली एस्टन भिल्लासँग १–१ गोलको बराबरी खेलेको हो।


पहिलो हाफसम्म गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा दुबै टोलीले गोल गरेका थिए। एर्लिङ ब्राउट हालान्डले खेलको ५०औं मिनेटमा केभिन डि ब्रुएनाको पासमा गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाएका थिए। तर, सिटीले उक्त अग्रता लामो समय सम्म टिकाउन सकेन। खेलको ७४ औं मिनेटमा लिओन बेइलीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो।


यो बराबरीसँगै सिटीले आर्सनललाई पछि पार्दै शीर्षस्थानमा उक्लने मौका गुमाएको छ। अपराजित रहेको सिटीको ६ खेलबाट १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। सिटीभन्दा एक खेल कम खेलेको आर्सनल लगातार पाँच जितबाट १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ। एस्टन भिल्ला ४ अंक जोडेर १७औं स्थानमा छ।

प्रतिकृया