• १२:३३ २०८० चैत्र १६ गते
  • 12:33 pm

प्रधानमन्त्री र मन्त्रीले लुकाए सम्पत्ति विवरण

प्रकाशित मिति

२०७९ भाद्र १९ गते, आईतवार ०६:२४

pm office 0kpPAkEjfB

१९ भाद्र २०७९, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवालगायत सरकारका प्रायः मन्त्रीहरुले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण लुकाउने प्रयास गरेका छन् । सरकार बनेको एक वर्ष वितिसक्दा समेत प्रधानमन्त्रीलगायत सरकारका २५ जना मन्त्रीको सम्पत्ति विवरण गोप्य राखिएको हो ।


विगतका सबै सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरेका थिए तर वर्तमान गठबन्धन सरकारका प्रधानमन्त्री देउवालगायतका सबै मन्त्रीहरुले सम्पत्ति विवरण सरकारद्वारा नै गोप्य राख्ने प्रयास गरिएको छ ।


२०४६ सालको जनआन्दोलनपछि २०४८ सालमा जननिर्वाचित प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाको शासन कालमा प्रधानमन्त्री र मन्त्रीहरुले नियुक्तिको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा बसालिएको थियो । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ ।

प्रतिकृया