• १०:३७ २०८१ बैशाख ४ गते
  • 10:37 am

एक साताभित्र प्रतिवेदन बुझाउँदै कार्यदल: मिटरब्याज

प्रकाशित मिति

२०७९ भाद्र १८ गते, शनिबार ११:३८

meter byaj logo copy e1662184420487

१८ भाद्र २०७९, काठमाडौं: मिटरब्याजबाट पीडितको समस्या सम्बोधन गर्न बनेको उच्चस्तरीय कार्यदलले एक साताभित्र सरकारसमक्ष प्रतिवेदन पेस गर्ने भएको छ । प्रतिवेदनमा मिटरब्याजबाट पीडित स्थानीय, उनीहरूका आर्थिक र सामाजिक अवस्था, समस्याबाट मुक्त गर्ने कानुनी, राजनीतिक र सामाजिक उपाय, साहुकारको संख्या, उनीहरूका आर्थिक, सामाजिक र राजनीतिक अवस्थालगायत विषय समेटिने कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले बताए।


उनका अनुसार प्रतिवेदनमा मिटरब्याजबाट पीडित स्थानीयको समस्या र निराकरणका उपायलाई प्राथमिकतामा राखिनेछ । पीडितलाई विद्यमान कानुनले न्याय दिन नसक्ने हुँदा समाधानका उपायसहित एक साताभित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारीमा कार्यदल जुटेको उनले बताए ।


सरकारले गत २७ साउनमा मिटरब्याजबाट पीडित स्थानीयको माग सम्बोधन अध्ययन डा. भुसालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने म्यान्डेट छ । सोही म्यान्डेटअनुसार गत ५ भदौभित्र सरोकारवाला नजिकको कार्यालयमा स–प्रमाण उजुरी दिन मुलुकभरका मिटरब्याजीपीडितका नाममा कार्यदलले आह्वान गरेको थियो ।

प्रतिकृया