
विकास बोर्डले ‘शोज’ दिँदैन,नीति निर्माण गर्छ : अध्यक्ष भुवन केसी
प्रकाशित मिति
२०७९ भाद्र १८ गते, शनिबार ११:२६

१८ भाद्र २०७९, काठमाडौं: चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र विकास बोर्डले शोज दिने हो भनेर नबुझिदिन आग्रह गरेका छन्। शुक्रबार सम्हाल्निछ कहिले मनको प्रिमियर शो हेरेपछि अध्यक्ष केसीले चलचित्र विकास बोर्डले फिल्मको शो दिने भन्नेकुरा कतिपयले अभिव्यक्त गरिरहेको उल्लेख गर्दै विकास बोर्डले शो दिने नभइ नीति निर्माण मात्रै गर्ने भएको बताएका हुन्।
उनले चलचित्र विकास बोर्डले चलचित्र व्यवस्थित तरिकाले चलाउन नीति निर्माण गर्ने भन्दै विकास बोर्डकै कारण कुनै फिल्मले शो धेरै पाए र कम पाए भन्ने कुरा नबुझ्न आग्रह गरे। साथै उनले चलचित्र विकास बोर्डले शोज दिएन भन्ने कुरा नबुझेका मानिसले भनेको उल्लेख गर्दै विकास बोर्ड सबै चलचित्रलाई समान रूपमा समेटेर अघि बढ्न र नबुझेकालाई बुझाउन तयार रहेको बताए।
उनले कलाकारहरुले नै कतिपय ठाउँमा प्रेमगीत ३ को बारेमा विभिन्न भ्रामक हल्ला फिँजाइरहेको भन्दै आपत्ति जनाए। उनले कलाकारले लेखेका र बोलेका कुराले आम नागरिकमा चासो र चिन्ता पर्ने भएकोले सत्य बोल्न आग्रह गरेका छन्। उनले प्रेमगीत ३ ले नेपाली सिनेमाको ढोका खोल्न लागेको भन्दै त्यसको स्वागत गर्न कोही पनि हिच्किचाउन नहुने बताएका हुन्।
उनले भने,‘चलचित्र विकास बोर्डले शोज दिएन भन्ने कुरा नबुझेका मानिसले भनेका हुन्। बोर्डले शोज दिने होइन, चलचित्रलाई व्यवस्थित गर्न नीति निर्माण गर्ने हो। कलाकारहरुले बोल्दा विचार गरेर बोल्नुपर्छ। प्रेमगीत ३ ले नेपाली सिनेमाको ढोका खोल्दैछ भनेपछि हामीले त्यसको स्वागत गर्नुपर्छ।’
नेपाली फिल्म सम्हालिन्छ कहिले मन शुक्रबारबाट देशभर प्रदर्शनमा आएको हो। फिल्मले शुक्रवार साँझसम्म राम्रो प्रतिक्रिया पाएको निर्देशक र कलाकार टिमहरुले बताएका छन्। दर्शकसँग शो हेरेपछि अभिनेत्री पूजा शर्माले फिल्मलाई दर्शकले मन पाराउनु नै राम्रो भएको प्रतिक्रिया दिइन्। उनले फिल्म राम्रो रहेकोले हलसम्म पुगेर हेरिदिन आग्रह गरेका छन्।
त्यस्तै अभिनेता आकाश श्रेष्ठले समग्र टिमले फिल्म राम्रो दिनको लागि निकै परिश्रम गरेकोले एकपटक हेर्नैपर्ने चलचित्र रहेको बताए। त्यस्तै यही फिल्मबाट चलचित्रमा डेब्यू गरेका सोनम तोप्देनले दर्शकहरुले अभिनयको राम्रो प्रतिक्रिया दिइरहेको बताएका छन्।
प्रतिकृया