स्वदेश फर्किए श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे

प्रकाशित मिति

२०७९ भाद्र १८ गते, शनिबार ११:०९

sirlanka

१८ भाद्र २०७९, काठमाडौं: श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजापाक्षे स्वदेश फर्किएका छन्। उनी शुक्रबार स्वदेश फर्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन्। श्रीलंकामा गम्भीर आर्थिक संकटको आन्दोलन चर्किएपछि राजापाक्षे देशबाट भागेका थिए। अस्थायी भिसामा थाइल्याण्डमा बस्दै आएका राजापाक्षे सिंगापुर हुँदै श्रीलंका फर्किएका हुन्।


आक्रोशित प्रदर्शनकारी आधिकारिक निवास र कार्यालयमा प्रवेश गरेपछि राजापाक्ष सैन्य विमानमार्फत गएको जुलाईमा माल्दिभ्स उडेका थिए।

प्रतिकृया