राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक पुन: पारित
प्रकाशित मिति
२०७९ भाद्र १८ गते, शनिबार १०:५८

k|ltlglw;ef a}7s
sf7df8fF}, @( h]7M
k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7sdf k|wfgdGqL z]/axfb'/ b]pjf, u[xdGqL afns[i0f vfF0fnufot ;xefuL . tl:a/ M /Tg >]i7÷/f;;
१८ भाद्र २०७९, काठमाडौं: नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पुन: पारित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाको भदौ १७ गतेको बैठकले पुन: पारित गरेको हो। राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देश सहित पुनर्विचारका लागि पठाएको विधेयक संसद्को दुवै सदनले हुबहु पारित गरेको हो।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्तुत रूपमा पुन: पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बहुमतको आधारमा विधेयक पारित भएको घोषणा गरेका थिए। विधेयक प्रतिनिधि सभाले यसअघि नै पारित गरिसकेको छ।
प्रतिकृया