उदयपुरको बेलकामा एकै परिवारका ३ जनाको हत्या
प्रकाशित मिति
२०७९ भाद्र १७ गते, शुक्रबार ०६:३९

१७ भाद्र २०७९, उदयपुर : उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ । बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरूको शव खोलामा भेटिएको थियो । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया