• ०९:३३ २०८१ बैशाख ६ गते
  • 9:33 am

गोल्डन ओक १२ औं कृति अवार्डका ५ उत्कृष्ट मनोनयन

प्रकाशित मिति

२०७९ भाद्र १७ गते, शुक्रबार ०१:१२

golden scaled

१७ भाद्र २०७९, काठमाडौँ: नेपाल विज्ञापन संघ (आन)ले आयोजना गरेको गोल्डन ओक १२ औं कृति अवार्डस २०७९’का उत्कृष्ट मनोनयनहरुको घोषणा गरेको छ । आनले ‘गोल्डन ओक १२ औं कृति अवार्डस २०७९’को ३१ विधामा उत्कृष्ट ५ मनोनयनको घोषणा गरेको छ । आनले एक कार्यक्रमबीच साे ३१ विधिका ४ सय २५ मनोनयनमध्ये प्रत्येक विधामा उत्कृष्टताको आधारमा ५ मनोनयन घोषणा गरेको हो ।


कार्यक्रममा विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको उल्लेखनीय उपस्थिति थियो । विज्ञापन व्यवसायी, मिडिया, विज्ञापनदाता तथा विज्ञापनकर्मीहरुको साझा कार्यक्रम गोल्डन ओक १२औं कृति अवार्डस् २०७९ को तीन शीर्षकमध्ये मेनस्ट्रिमअन्तर्गतका विधाहरुमा उत्कृष्ट–५, तथा टेक्निकल र क्याम्पेन शीर्षकअन्तगर्तका विधाहरुमा उत्कृष्ट–३/३ छनाोटको आज घोषणा गरिएको हो ।


यस गोल्डन ओक १२औं कृति अवार्डस्मा ३१ वटा बिधामा ४५ वटा एजेन्सीहरुले ४२५ वटा नोमिनेसन दर्ता गराएका थिए ।गोल्डन ओक १२औं कृति अवार्ड २०७९को मुख्य प्रायोजकमा गोल्डन ओक, पावर बाइमा बाल्ट्रा र डिस होम रहेको छ ।


त्यसैगरी कार्यक्रमको अन्य प्रायोजकहरुमा बैंकिङ पार्टनरका रूपमा मुक्तिनाथ बिकास बैक, ट्राभल पार्टनरमा गुरु ट्राभल्स, सपोर्टेड वाईमा आइटिपिएफ, प्रभु बैक, सफ्टि हाइजिन, सेलपे, र राष्ट्रिय वाणिज्य बैंक छन् । गोल्डन ओक १२औं कृति अवार्डस २०७९ होटल सोल्टीमा भदौ २५ गते शनिबार हुँदैछ ।

golden

प्रतिकृया