नारायणगढ-मुग्लिन सडकखण्ड सुचारू
प्रकाशित मिति
२०७९ भाद्र १७ गते, शुक्रबार १२:४३

१७ भाद्र २०७९, काठमाडौँ: पहिरोका कारण अवरूद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सुचारू भएको छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ अठार किलो र केराबारीमा आज बिहान पहिरो खस्दा सवारी आवागमन पुर्ण रूपमा प्रभावित भएको थियो ।
जेसीवीको प्रयोग गरि पहिरो हटाइएसँगै ११ बजेबाट सुचारू भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
प्रतिकृया