चोरी भई हराएका २१ ओटा दुईपाङग्रे सवारी साधन फेला : ट्राफिक प्रहरीद्धारा आज सम्बन्धीत धनीलाई हस्तान्तरण गरियो

प्रकाशित मिति

२०७९ भाद्र १६ गते, बिहीबार ०६:३९

Capture

१६ भाद्र २०७९, काठमाडौँ : विभिन्न मिति तथा समयमा चोरी भएका २१ ओटा सवारी साधन खोजी गरि काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रका बीच सवारी धनीलाई हस्तान्तरण गरेको छ । आज दिउँसो काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले धनीलाई सवारी साधन हस्तान्तरण गर्नु भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७९/०८० को श्रावण महिना र भदौ महिनाको मध्य सम्ममा दुई पाङ्ग्रे सवारी साधन हराएको २२१ ओटा निवेदन प्राप्त भएका थिए ।


प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन खोजी गर्दा श्रावण र भदौ महिनाको मध्य सम्म१०१ ओटा सवारी साधन फेला परेका थिए । फेला परेका मध्ये श्रावण महिनामा ७३ ओटा र भदौ महिनाको मध्य सम्म १० ओटा सवारी साधन धनीलाई जिम्मा लगाइसकिएको छ भने आज पनि २१ ओटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेसंगै यसै आर्थिक वर्षको भदौ १६ गते सम्म १०४ ओटा सवारी साधनलाई धनीको जिम्मा लगाइएको छ ।


यसै आर्थिक वर्षमा चोरीका ८ ओटा दुईपाङ्गे सवारी साधन सहित ९ जना मानिसलाई भने आवश्यक कारवाहीको लागी परिसर तथा वृतमा पठाइएको छ । फेला परेका मध्ये धनी सम्पर्कमा नआएका ३ ओटा सवारी साधन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमै रहेकाले दुई पाङ्ग्रे सवारी साधन हराएको निवेदन दिनु भएका धनीलाई सम्पर्कमा आउनुहुन उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

प्रतिकृया