• ०८:१८ २०८१ बैशाख ७ गते
  • 8:18 am

पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित

प्रकाशित मिति

२०७९ भाद्र १६ गते, बिहीबार ०४:३५

kedar

१६ भाद्र २०७९, काठमाडौँ: पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन् । प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् ।

काभ्रेपलाञ्चोकको बनेपामा बुधबार सम्पन्न मतदानमा ५ सय ८२ व्यवसायीले मतदान गरेका थिए । त्यसमा सबैभन्दा बढी मत क्षेत्रीले पाएका हुन् । अध्यक्षमा निर्वाचित क्षेत्रीले दुई सय ९७ मत प्राप्त गर्दा गौतमले एक सय २६ र महतले एक सय १८ मत प्राप्त गरेका थिए ।

क्षेत्रीले यसअघि पनि अरनिको यातायातको नेतृत्व सम्हालिसकेका छन् । विसं २०७४ को निर्वाचनमा क्षेत्री नेकपा (एमाले) का तर्फबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । पछिल्लो समय क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरी सक्रिय राजनीतिमा रहेका छन् ।

अरनिको यातायातले दोलखा, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लामा यातायात सेवा सञ्चालन गर्दै आएको छ । सरकारले सार्वजनिक यातायातलाई कम्पनी मातहत लैजाने निर्णय गरेपछि अरनिको यातायात सेवा समिति पूर्व अरनिको यातायात प्रालिका रूपमा सञ्चालन हुँदै आएको छ ।

प्रतिकृया