• ०५:४९ २०८१ बैशाख ७ गते
  • 5:49 am

प्रिपेड डलर कार्डबाट बाहिरियो ६१ लाख अमेरिकी डलर

प्रकाशित मिति

२०७९ भाद्र १६ गते, बिहीबार ०४:३२

dollar

१६ भाद्र २०७९, काठमाडौँ: वार्षिक ५ सय डलरसम्म विदेशमा भुक्तानी गर्ने सुविधा अन्तरगत नेपालबाट ६१ लाख अमेरिकी डलर बाहिरिएको छ । अनलाइनमार्फत खरिद हुने वस्तु तथा सेवाको भुक्तानी सहज बनाउन भन्दै वाणिज्य बैंक र विकास बैंकहरूले यस्तो कार्ड जारी गर्ने अनुमति पाएका थिए । ०७७ चैतदेखि सुरु गरिएको यो सुविधा मध्ये अत्यधिक भुक्तानी समाजिक सञ्जालको विज्ञापन, अनलाइन अध्ययनको भुक्तानी, जर्नल तथा पुस्तक खरिदजस्ता काममा खर्चिएको पाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गएको असार मसान्तसम्ममा वाणिज्य बैंक र विकास बैंकहरूले ३८ हजार ६६ थान प्रिपेड डलर कार्ड जारी गरेका छन् ।

०७७ चैत ८ गते केन्द्रिय बैंकले एक निर्देशन जारी गर्दै क र ख बर्गका बैंक तथा वित्तीय संस्थाहरूले यस्तो कार्ड जारी गर्न अनुमति दिएको थियो । यस अनुरूप गत असार मसान्तसम्म ९३ लाख ८५ हजार अमेरिकी डलर लोड गरिएको छ । डलरकार्ड मार्पmत हुने भुक्तानी उत्पादन मूलक कार्यमा मात्रै खर्च होस भन्ने हेतुले गत मंगलबार राष्ट्र बैंकले डेढ दर्जन शीर्षकमा बस्तु तथा सेवाको भुक्तानी नगर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कडाइ नगरेको पाइए विदेशी मुद्रा अपचलन स्वरुप कारबाही हुन्छ ।

केन्द्रीय बैंकको निर्देशन अनुसार राजनीतिक संस्था, धार्मिक संस्था, बेटीङ, लोटरी, अनलाइन बेटिङ, पिओइ फण्डीङ, क्यासीनो, रियल स्टेट एजेन्टलाई रेन्टल लगायत १८ शिर्षक अन्तर्गतका बस्तु तथा सेवाहरु उपभोग गरेर डलरकार्ड मार्पmत भुक्तानी गर्न नपाइने व्यवस्था गरेको छ ।

प्रतिकृया