जबरासँगको दोस्रो दिनको बयान सकियो
प्रकाशित मिति
२०७९ भाद्र १६ गते, बिहीबार ०२:५०

sf7df8f}F, !% ebf} . lgnlDat k|wfgGofwLz rf]n]Gb| zDz]/ ha/f a'waf/ l;+xb/af/df dxfleof]u l;kmfl/; ;ldltsf] a}+7sdf ;xefuL x'Fb} . tl:a/ M rGb|snf If]qL, /f;;
१६ भाद्र २०७९, काठमाडौँ: महाअभियोग लागेपछि प्रधानन्यायाधीश पदबाट निलम्बनमा परेका चोलेन्द्रशम्शेर जबरासँगको दोस्रो दिनको बयान सकिएको छ । महाभियोग सिफारिस समितिले जवरासँग दुई घण्टा मात्र बयान लिएको हो । राणाले आज (बिहीवार) दुई वटा प्रश्नको जवाफ दिएका छन भने पहिलो बयानमा चार वटा प्रश्नको जवाफ दिएका थिए । राणालाई समितिले १९ गते आइतवार ११ बजे पुनः बोलाइएको छ ।
निलम्बित जबरासँग बयान लिनका लागि समितिले ४३ वटा प्रश्न तयार गरेको छ । उनले अहिलेसम्म ६ वटा प्रश्नको मात्र जवाफ दिएका छन् ।
पहिलो दिनको बयानका क्रममा उनले राजनीतिक दल, बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र नेपाल बारका पदाधिकारीले प्रतिशोध साँधेको आरोप लगाएका थिए ।
प्रतिकृया