• ०५:३७ २०८१ बैशाख ७ गते
  • 5:37 am

श्रीलंकालाई २.९ अर्ब डलर ऋण दिन आइएमएफ सहमत

प्रकाशित मिति

२०७९ भाद्र १६ गते, बिहीबार १२:५०

srilanka

आर्थिक संकटमा फसेको श्रीलंकालाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले २.९ अर्ब अमेरिकी डलर ऋण दिने भएको छ। समाचार संस्था एएफपीका अनुसार अगस्ट २४ देखि श्रीलंका भ्रमणमा रहेक आइएमएफको टोली र श्रीलंकाका अधिकारीबीच श्रीलंकाली अर्थतन्त्रलाई उकास्नका लागि ४८ महिनासम्म उक्त ऋण दिने सहमति भएको हो। यो सहमतिलाई स्टाफ लेभलको भनिएको छ।


अब आइएमएफको कार्यकारी बोर्डले यो सहमतिलाई अनुमोदन गर्नुपर्नेछ। यो ऋणअन्तर्गतको रकम श्रीलंकाले अर्थतन्त्र सुधारमा लगाउनु पर्नेछ। सन् १९४८ पछि सबैभन्दा ठूलो आर्थकि संकटसँग जुधिरहेको श्रीलंकाले आइएमएफबाट ३ अर्ब डलर ऋणको अपेक्षा गरेको थियो।


आर्थिक संकटपछि श्रीलंकामा राजनीतिक संकट चुलिएको थियो। गत असारमा श्रीलंकाका प्रदर्शनकारीले राष्ट्रपति भवनमा कब्जा जमाएका थिए।

देश छोडेर भागेका तत्कालीन राष्ट्रपति गोटवाया राजापाक्षे माल्दिभ्स, सिंगापुर हुँदै अहिले थाइल्यान्ड पुगेका छन्।

विदेशी मुद्राको अभाव हुँदा श्रीलंकाले अन्तर्राष्ट्रिय समुदायको ऋण तिर्न सकेको छैन भने दैनिक उपभोग्य वस्तुको आयात पनि रोकिएको छ।

प्रतिकृया