‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा हुँदै

प्रकाशित मिति

२०७९ भाद्र १६ गते, बिहीबार ११:३८

suman

काठमाडौँ – स्वतन्त्र उम्मेदवारहरुले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा गर्ने भएको छ । साझा चुनाव चिन्ह, साझा घोषणा पत्र र साझा उम्मेदवारका लागि सो अभियान घोषणा गर्न लागिएको संयोजक सुमन सायमीले बताएका छन् । ललितपुरको हेरिटेज गार्डेनमा आयोजित एक कार्यक्रमकाबीच बिहीबार आज दिउँसो २ बजे अभियानको घोषणा गरिने भएको हो ।


सायमी गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका थिए । त्यसबेला चौथो स्थानमा आएका उनले बालेन्द्रको विजय जुलुसमा साथ दिएका थिए । महानगरपालिकाको प्रमुख पदमा उठेका सायमीले त्यसबेला १३ हजार ७ सय ७० मत ल्याएका थिए ।


आँखिझ्याल चुनाव चिन्ह पाएका सायमी त्यसयता स्वतन्त्र अभियानमा सक्रिय छन् । सायमीले काठमाडौँ क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने यसअघि नै बताइसकेका छन् ।

प्रतिकृया