बयान दिन आज पनि सिंहदरबार पुगे चोलेन्द्रशमशेर
प्रकाशित मिति
२०७९ भाद्र १६ गते, बिहीबार ११:२१

१६ भाद्र २०७९, काठमाडौँ: निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा आज पनि बयान दिन आएका छन् । संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश राणासँग बुधबार पनि बयान लिएको थियो । कानून, न्याय तथा मानव अधिकार समितिको बैठक कक्षमा राणामाथि बयान लिइएको थियो। बयान दिन राणा आज पनि उक्त कक्ष आइपुगेका छन्।
आफूमाथि लागेका आरोपबारे राणाले बैठकमा खण्डन गर्नेछन्। राणाले बुधबारको बैठकमा भने आफूमाथि महाभियोग लाग्नुपर्नाका कारणलगायत प्रश्न पनि सोधेका थिए।
प्रतिनिधि सभाले साउन १५ मा राणाविरुद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो।
सत्तारुढ दलले २१ आरोपसहित राणाविरुद्ध गएको फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए।
राणाले मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौदाबाजी गरेको, आर्थिक राजनीतिक मुद्दामा बेञ्च सेटिंग गरेको, भ्रष्टाचार गरेको जस्ता आरोप छन्।
प्रतिकृया