प्रभु बैंक लिमिटेड र चेली थकाली भान्छा घरका बिच छुट गर्ने सम्झौता

प्रकाशित मिति

२०७९ भाद्र १५ गते, बुधबार ०४:०३

Prabhu

१५ भाद्र २०७९, काठमाडौँ: प्रभु बैंक लिमिटेड र पोखरा, लेकसाइड स्थित चेली थकाली भान्छा घर बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सो सम्झौता हिंजो भदौ १४ गतेका दिन भएको हो । सो अवसरमा बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख श्री पुष्कर शेरचन र चेली थकाली भान्छा घरका तर्फबाट प्रोप्राइटर श्री दिनाङ्क शेरचनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।


प्रभु बैंक र उक्त रेस्टुरेन्ट बीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहक महानुभावहरुले चेली थकाली भान्छा घरद्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् ।


उक्त सम्झौता अन्तर्गत चेली थकाली भान्छा घरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, चेली थकाली भान्छा घरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिकृया