राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरणले गरे विवाह
प्रकाशित मिति
२०७९ भाद्र १५ गते, बुधबार ०३:४७

१५ भाद्र २०७९, काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ विवाह बन्धनमा बाँधिएका छन्। कप्तान चेम्जोङले आज बालुवाटारस्थित सिल्भर ओक पार्टी प्यालेसमा एयरहोस्टेस कञ्चन निरौलासँग विवाह गरेका हुन्।
उनले गत साउनमा खेल मैदानमै कञ्चनलाई विवाह प्रस्ताव राखेका थिए। त्यतिबेला किरण आबद्ध माल्दिभ्सको शीर्ष डिभिजनको फुटबल क्लब माजिया एससीले सिजनको उपाधि जितेको थियो।
सोही अवशरमा किरणले कञ्चनसँग विवाहको प्रस्ताव राख्दै इंगेजमेन्ट गरेका थिए। उनीहरू केही वर्षदेखि प्रेममा रहेका थिए।
प्रतिकृया