कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अश्वीकार गर्दा महाअभियोग ल्याइयो: राणा
प्रकाशित मिति
२०७९ भाद्र १५ गते, बुधबार ०२:०२

१५ भाद्र २०७९, काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अश्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको दाबी गरेका छन् ।
महाअभियोग सिफारिस समितिसमक्ष बयान दिने क्रममा राणाले उक्त प्रस्ताव कसले ल्यायो भन्ने नखुलाए पनि राजनीतिक पार्टी र मिडियाको दबाबमा आफूले काम नगर्ने बताए । उनले कार्कीलाई प्रधान न्यायाधीशको कुर्सीमा राख्नकै लागि आफूमाथि महाअभियोग लगाइएको बताए ।
राणाको भनाइ उदृत गर्दै समितिका एक सदस्यले भने, ‘उहाँलाई प्रधानन्यायाधीश बनाउनुपर्यो भनेर मकहाँ प्रस्ताव आएको थियो तर मैले त्यसलाई अश्वीकार गरेँ । मैले न्यायपालिका यसरी चल्दैन भनेर अश्वीकार गरेको हो । म विधि र पद्धतिबाट आएको हुँ, पार्टी र मिडियाको दबाबमा काम गर्दिनँ भनेँ ।’
राणाले अदालतमा गुटबन्दी कार्कीले नै गरेको भन्दै महाअभियोगको राजनीतिक औचित्यबाहेक अरु केही नरहेकाले आफूमाथि न्याय हुनुपर्ने बताए ।
प्रतिकृया