नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन
प्रकाशित मिति
२०७९ भाद्र १५ गते, बुधबार ०९:०१

१५ भाद्र २०७९, काठमाडौँ : पहिरो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान साढे आठ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नं. २९ केराबारी भन्ने ठाउँमा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो ।
पहिरोका कारण जाममा परेका सवारी साधनहरु पहिरो पन्छाएपछि गन्तव्यमा लागेका छन् । सवारी साधनहरूलाई लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोधसमेत गरेको छ ।
प्रतिकृया