• १८:३० २०८० चैत्र १५ गते
  • 6:30 pm

अधिकृतस्तरका थप साढे ६ सय अस्थायी दरबन्दी सिर्जना

प्रकाशित मिति

२०७९ भाद्र १४ गते, मंगलवार ०५:२५

yo

१४ भाद्र २०७९, काठमाडौं : सरकारले विभिन्न मन्त्रालय अन्तर्गतका कार्यक्रम र परियोजनाका लागि थप साढे ६ सय अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ। भदौ १३ गते बसेको मन्त्रिपरिषद बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका विभिन्न कार्यक्रम र परियोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।


सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार ऊर्जा मन्त्रालयका कार्यक्रमका लागि विभिन्न सेवा समूहका अधिकृत तहका ४३१ अस्थायी दरबन्दी स्वीकृत भएको छ । चिकित्सा शिक्षा आयोगका र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका परियोजना र कार्यक्रमका लागि अधिकृतस्तरका १०५ अस्थायी दरबन्दी स्वीकृत भएको छ । कृषि तथा पशु पक्षी विकास मन्त्रालय अन्तर्गत ५०, वन तथा वातावरण मन्त्रलय अन्तर्गत ४७ र उद्योग वाणिज्य मन्त्रालय अन्तर्गत ३० पद अस्थायी दरबन्दी स्वकृत भएको छ ।


स्थायीबाटै पदपूर्ति

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीका अनुसार यी अस्थायी दरबन्दी स्थायी कर्मचारीबाटै पदपूर्ति गरिने हो । ‘यी पद नयाँ नियुक्ति गर्नका लागि नभएर स्थायी कर्मचारीबाटै व्यवस्थापन गर्ने प्रयोजनका लागि सिर्जना गरिएको हो’ उनले भने ।


आयोजना र कार्यक्रमहरु अस्थायी प्रकृतिका हुने र ती ठाउँमा स्थायी दरबन्दी सिर्जना गर्दा आयोजना समाप्त भएपछि कर्मचारी व्यवस्थापनमा जटिलता आउने र आर्थिक भारसमेत पर्ने भएकाले स्थायी कर्मचारी नै खटाउने गरी अस्थायी दरबन्दी सिर्जना गरिएको कार्कीले बताए ।

प्रतिकृया