कार्यबाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी एआईजी सहकुल थापाले सम्हाले

प्रकाशित मिति

२०७९ भाद्र १४ गते, मंगलवार ०४:३०

i

१४ भाद्र २०७९, काठमाडौँ : कार्यबाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी एआईजी सहकुल थापाले सम्हालेका छन् । प्रहरी महानिरीक्षक धीरज प्रताप सिंहले विश्वभरका प्रहरी प्रमुखहरुको सम्मेलनमा जानुअघि थापालाई कार्यबाहक जिम्मेवारी दिएका हुन् । सोमबार साँझ आईजीपी सिंह अमेरिका प्रस्थान गरेका छन् । अमेरिकामा संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रका प्रहरी प्रमुखहरुको सम्मेलन हुँदैछ । अगस्ट ३१, सेप्टेम्बर १ र २ मा आयोजना हुने सम्मेलनमा आईजीपी सिंह सहभागी हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिकृया