नेप्से सामान्य अंकले बढ्यो
प्रकाशित मिति
२०७९ भाद्र १३ गते, सोमबार ०३:२५
१३ भाद्र २०७९, काठमाडौं : आज साताको दोस्रो दिन शेयर बजार नेप्से परिसूचक ३.७६ अंकले बढेर १,९९३.०२ को विन्दुमा कायम भएको छ । हिजो घटेको शेयर बजारमा आज ३ अंकको बृद्धि हुँदा १११ कम्पनीको शेयर मुल्य बढेको छ भने ७२ कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक बढेका छन् ।
आज सबैभन्दा धेरै फाइनान्स कम्पनीको शेयर मुल्यमा लगानीकर्ता आकर्षित भएको देखिन्छ। आज फाइनान्स उपसूचक १.८९ प्रतिशतले बढेको छ। आज दिनभरिमा २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। कम्पनीको शेयर मुल्य ९१० रुपैयाँ रहेको छ।
त्यस्तै, आज अरुण कावेली पावरको ५ करोडमाथिको शेयर कारोबार भएको छ। हिमालयन डिष्टिलरीको ४ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ३ करोड ५४ लदाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७.४८ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ६४ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ५.८४ प्रतिशतका दरले कमाएका छन् । सिभिल लघुवित्तका लगानीकर्ताले ४.९६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५.७० प्रशिततका दरले गुमाएका हुन् ।
प्रतिकृया