राष्ट्रपतिलाई भेट्न जाँदैछन् देउवा र थापा
प्रकाशित मिति
२०७९ भाद्र १३ गते, सोमबार ०२:२९

Bidhya devi bhandari
१३ भाद्र २०७९, काठमाडौं : नागरिकतासम्बन्धी छलफलका लागि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी महामन्त्री गगन थापालाई लिएर सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जाँदै छन्। स्रोतका अनुसार देउवा र थापा सोमबार दिउँसो २ बजे शीतलनिवास जाने कार्यक्रम छ। राष्ट्रपति भण्डारीसँग भेट्न जानुअघि सभापति देउवाले पार्टी पदाधिकारीहरुसँग बालुवाटारमा छलफल गरेका थिए।
दुवै संसदले पारित गरेर जारी गर्न शीतलनिवासमा पठाइएको नागरिकतासम्बन्धी विधेयक पुनर्विचारका लागि राष्ट्रपतिले फेरि फिर्ता पठाएकी थिइन्। राष्ट्रपतिले फिर्ता गरे पनि उक्त नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरिसकेको छ। आइतबार राष्ट्रिय सभाले भने उक्त विधेयक छलफलका लागि विधायन समितिमा पठाएको छ।
प्रतिकृया