नेप्से ओरालो यात्रामै,०.८३ प्रतिशतले घट्याे
प्रकाशित मिति
२०७९ भाद्र १० गते, शुक्रबार ०१:५७
१० भाद्र २०७९, काठमाडौं: आज (शुक्रबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ। नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बजार यसरी दिनहुँ घट्न थालेपछि लगानीकर्ताहरूको मनोबल पनि घटेको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९शुक्रबार० सेयर कारोबार मापक नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२.६२ विन्दुमा झरेको छ । नेप्से ०.८३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.७५ अंकले घटेर ३ सय ९१ रूपैयाँ ७६ पैसामा झरेको छ ।
कूल २१३ वटा कम्पनीको ३५ लाख ८८ हजार ८ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २९ करोड ४८ लाख ३२ हजार ८ सय २० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज लाइफ इन्स्योरेन्स बाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।
त्यसैगरी, शुक्रबार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६ करोड ६८ लाख ६१ हजार रूपैयाँ बराबरको कारोबार भएको छ। आज लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ५.९५ प्रतिशतले बढेर एक हजार ४ सय ४५ रूपैयाँ पुगेको छ ।
यस दिन हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको संस्थापक सेयरमूल्य ८.२३ प्रतिशतले घटेर एक सय ३ रूपैयाँ ७० पैसामा झरेको छ ।
प्रतिकृया