खप्तड लघुवित्तको आईपीओमा मागभन्दा धेरै आवेदन
प्रकाशित मिति
२०७९ भाद्र ९ गते, बिहीबार ०१:३३

९ भाद्र २०७९, काठमाडौं: खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियाे। सिडिएसका अनुसार संस्थाको आईपीओमा पहिलो दिन मै ३ लाख ८१ हजार ७८२ जना लगानीकर्ताहरूले ४३ करोड ३८ लाख ९४ हजार रुपैयाँ बराबरको ४३ लाख ३८ हजार ९ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि मागिएको भन्दा ३५.१६ गुणा धेरै हो ।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको हो । जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।
यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा भदौ १२ गतेसम्म ढीलोमा भदौ २७ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
प्रतिकृया