• १०:३१ २०८१ बैशाख ४ गते
  • 10:31 am

एनएमबि म्युचुअल फण्डको दुई म्युचुअल फन्ड योजनाले बिहीबारदेखि प्रतिफल वितरण गर्ने

प्रकाशित मिति

२०७९ भाद्र ९ गते, बिहीबार ११:२३

nmb capital e1661405903797

९ भाद्र २०७९, काठमाडौं: एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल-१ र एनएमबि फिफ्टीले बिहीबारदेखि प्रतिफल वितरण गर्ने भएको छ। दुवै फण्डले आर्थिक वर्ष २०७८र७९ का लागि इकाईधनीहरुलाई बराबर २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको थियो। लाभांश वितरणका लागि योजनाले साउन ३१ गते बुक क्लोज गरेका थिए।


अघिल्लो आर्थिक वर्षको तुलनामा एनएमबि हाइब्रिड फण्ड एल १ योजनाहरुको लाभांश सामान्य बढेको हो। तर एनएमबि फिफ्टीले भने घटाएर लाभांश दिएको छ। आव २०७७र७८ का लागि एनएमबि हाइब्रिड फण्ड एल -१ ले २० प्रतिशत लाभांश दिएको थियो। सो अवधिमा एनएमबि फिफ्टीले ३० प्रतिशत प्रतिफल वितरण गरेको हो।


पछिल्लो तथ्यांक अनुसार एनएमबि हाइब्रिड फण्ड एल १ प्रति इकाई खुद सम्पत्तिको मूल्य(न्याभ) ११.०२ रुपैयाँ छ। यस्तै, एनएमबि फिफ्टीको न्याभ ११.२४ रुपैयाँ छ।

प्रतिकृया