• 7:27 am

आइएमई पेको क्युआर डे विथ आइएमई पे अफर पुनः सुरू

प्रकाशित मिति

२०७९ भाद्र ८ गते, बुधबार ०५:२३

८ भाद्र २०७९, काठमाडौँ : आइएमई पेले गएको असारमा संचालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुनः सार्वजनिक गरेको छ । सो अफर भदौ १० गते एक दिन हुने कम्पनीले खुलाएको छ । पुरानो संस्करण जस्तै यो पटक पनि प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एप मार्फत भुक्तानी गर्दा दिनभरिमा १० ५ छुट (अधिकतम रू. १०० सम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।


१ दिनको लागि मात्र लागु हुने यो अफर मार्फत अझ धेरै नयाँ तथा सम्भावित प्रयोगकर्ताहरुलाई आइएमई पे प्रयोग गरी डिजिटल भुक्तानी गर्न र त्यस्तै माध्यमको प्रयोगमा अभ्यस्त बनाइ विद्युतीय भुक्तानीलाई प्रोत्साहन दिने कम्पनीले विश्वास राखेको छ । अघिल्लो समय जस्तै यस अफरमा पनि पहिलो २५ सय सेवाग्राहीहरुले मात्र क्यासव्याक पाउनेछन् भने पियर्स‐टु‐पियर्स क्यूआर ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासव्याक नपाउने आईएमई पेले जनाएको छ ।

प्रतिकृया