• 12:15 am

नेप्सेमा झिनो सुधार,१.८१ अंकले बढेर २०५४.९५ विन्दुमा

प्रकाशित मिति

२०७९ भाद्र ७ गते, मंगलवार ०३:४४

७ भदौ २०७९ काठमाडौं: सेयर बजारमा झिनो सुधार देखिएको छ। नेप्से परिसूचक झिनो अंकले बढ्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.८१ अंकले बढेर २०५४.९५ विन्दुमा पुगेको छ । नेप्से ०.०९ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.५८ अंकले बढेर ३९७.६९ विन्दुमा पुगेको छ ।


कूल २२२ वटा कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३३ करोड ३५ लाख ६० हजार ८ सय ५७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये ६ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ७ वटा उपसमूहको सेयर घटेको छ ।


त्यसैगरी, मंगलबार हिमालयन दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको हो । कम्पनीको १४ करोड २१ लाख ८९ हजार ७ सय ३७ रूपैयाँ २० पैसा बराबरको कारोबार भएको हो।आज ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । रूरू जलविद्युत परियोजना, मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावर कम्पनी लमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।


यस दिन सिद्धार्थ इक्विटी फण्डको मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ६.८८ प्रतिशतले घटेर ८ रूपैयाँ ९४ पैसामा झरेको छ ।

प्रतिकृया