• ०४:५२ २०८१ बैशाख ७ गते
  • 4:52 am

सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरब स्थित टेलिमनी बैंकद्वारा बम्पर उपहार बिजेतालाई कार हस्तान्तरण

प्रकाशित मिति

२०७९ भाद्र ७ गते, मंगलवार १२:२१

Capture 11

७ भदौ २०७९ काठमाडौं: सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल रं साउदी अरब स्थित टेलिमनी बैंक को संयुक्त आयोजनामा “नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस” अफर उपहार योजना नोभेम्बर १, २०२२ देखि ६ महिनाको लागि सन्चालन भएको थियो । सो उपहार योजना अन्तर्गत साउदीको टेलिमनी बैंक मार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिटान्स रकम पठाउदा १५ जनाले सामसुङ मोबाईल फोन , तीन जनाले १० ग्राम सुन, तीन जनाले ५००० नगद साउदी रियाल , तीन जनाले आई फोन १३ प्रो माक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गर्ने घोषणा भएको थियो ।


ती सबै पुरस्कारहरु २/२/२ महिना गरी ६ महिना सम्म बिधुत्तिय लक्की ड्र मार्फत घोषणा गरिएको थियो र अन्तिममा बम्पर उपहारको घोषणा गरिएको हो। सोही योजना अनुरुप गत भदौ ३ गते साउदी स्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमका बिच बम्पर उपहार (निसान सन्नी) कार विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । राम गोपालपुर, महोत्तरी निवासी हाल साउदीमा कार्यरत ३५ वर्षिय जम्सेद नदापलाई पुरस्कार हस्तान्तरण गरिएको हो। जम्सेद बिगत ६ बर्ष देखी साउदीमा काम गर्दै आइरहेका छन्। उक्त पुरस्कार हस्तान्तरण कार्यक्रममा बिशिस्ट ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया