• 7:23 pm

नेप्से ओरालो यात्रामा,७.३८ अंकले घटेर २०५३.१६ बिन्दुमा

प्रकाशित मिति

२०७९ भाद्र ६ गते, सोमबार ०४:०५

६ भदौ २०७९, काठमाडौं: आज साताको दोश्रो दिन (सोमबार) नेप्सेमा सामान्य गिरावट देखिएको छ।आईतबार ७.७२ अंकले घटेर २०६०.५५ को बिन्दुमा पुगेको बजार आज पनि घटेको हो । आज (सोमबार) नेप्से परिसूचक ७.३८ अंकले घटेर २०५३.१६ बिन्दुमा पुगेको छ। नेप्से ०.३६ प्रतिशतले घटेको हो। यस्तै सेन्सेटिभ परिसुचक १.४७ अङ्कले घटेर ३ सय ९७.११ को बिन्दुमा पुगेको छ। आज कारोबार रकममा सामान्य गिरावट भएको छ।


कुल २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४२९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेको जनाएको छ। स्टकका अनुसार कारोबार भएका कुल १३ उपसमूहमध्य १२ उपसमूहको सूचक घटेको छ भने बाँकी १ वटा समूहको उपसुचक बढेको छ।


त्यस्तै गरी सोमबार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ। कम्पनीको २८ करोड १८ लाख ७१ हजार ३२६रुपैयाँ बराबरको कारोबार भएको हो। आज अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा बढि वृद्धि भएको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर २७३ रुपैयाँ पुगेको छ।


यस दिन ल्क्ष्द्यी समृद्धि फण्ड-२को सेयरमूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको सेयरमूल्य ६.७५ प्रतिशतले घटेर ७.७४ रुपैयाँमा झरेको छ। त्यस्तै दोर्दी खोला जल विद्युत कम्पनी लिमिटेडको सेयरमूल्य ५.२४ प्रतिशतले घटेर ३६०.१० रुपैयाँमा झरेको छ।

प्रतिकृया