• ११:०३ २०८१ बैशाख ४ गते
  • 11:03 am

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

प्रकाशित मिति

२०७९ भाद्र ३ गते, शुक्रबार १२:१४

foreign currency e1655958664293

३ भदौ २०७९, काठमाडौं: नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ १८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७८ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२९ रुपैयाँ ३३ पैसा र बिक्रीमा १२९ रुपैयाँ ९४ पैसा पाइन्छ।


बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १५३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५४ रुपैयाँ १८ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ४८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९९ रुपैयाँ १२ पैसा पाइन्छ।


यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ९४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३ पैसा तोकेको छ।


युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रुपैयाँ ४३ पैसा र बिक्रीमा २८ रुपैयाँ ५६ पैसा पाइन्छ।


शुक्रबार कुवेती दिनार एकको खरिदमा ४१४ रुपैयाँ ३३ पैसा र बिक्रीमा ४१६ रुपैयाँ २९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३८ रुपैयाँ ९४ पैसा तोकिएको छ।

प्रतिकृया