• ०६:३२ २०८१ बैशाख ७ गते
  • 6:32 am

अप्पर तामाकोशीको साधारणसभा आज

प्रकाशित मिति

२०७९ भाद्र ३ गते, शुक्रबार ११:०२

Upper Tamakoshi Hydro project dam site e1618569023294

३ भदौ २०७९, काठमाडौं: अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १४ औँ साधारणसभा आज भदौ ३ गते बिहान ११ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा सुरु हुने छ । सभामा अध्यक्षको आर्थिक वर्ष २०७७र७८ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७८र७९ को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।


साथै सभाले १०० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव समेत पारित गर्ने छ । सभाले कम्पनीको पूँजी बृद्धि सम्बन्धी बिषेश प्रस्तावलाई समेत अनुमोदन गर्नेछ । सभाले समूह ख सर्वसाधारण समूहबाट एक महिला सहित ४ जना सञ्चालकहरुको चयन समेत हुनेछ । कम्पनीले लाभांश घोषणा गरेको छैन ।


कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो जस अनुसार अनुसार साउन १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिकृया