• ०५:३३ २०८१ बैशाख ७ गते
  • 5:33 am

नेप्सेमा दोहोरो अंकको बृद्धि

प्रकाशित मिति

२०७९ भाद्र २ गते, बिहीबार ०३:५०

stock nepse market 1 e1656500386582

२ भदौ २०७९, काठमाडौं: बुधबार झिनो अंकले घटेको नेप्सेमा आज विहिबार भने गतिलो बाउन्सब्याक देखिएको छ। आज नेप्से परिसूचक संगै कारोबा रकममा समेत सुधार देखिएको छ। बुधबार ०.३६ अंकले घटेको नेप्से परिसूचक आज (बिहिबार) भने २७.७२ अंकले बढेर २०६८.४२ को विन्दुमा पुगेको छ । नेप्से १.३६ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.४१ अंकले बढेर ४००.०८ को बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचक संगै कारोबार रकममा समेत सुधार आएको छ ।


आज कूल २२० वटा कम्पनीको ५१ लाख १ हजार २९० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये १३ वटै उपसमूहको सूचक बढेको छ । त्यसैगरी, बिहिबार पनि रिडी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १० करोड ४३ लाख ५८ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।


आज श्वेत गंगाा हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर र अप्पर सोलु हाइड्रो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यी तिन वटै कम्पनीले हालै आईपिओ जारी गरेर बुधबारबाट मात्र दोस्रो बजार कारोबार प्रारम्भ गरेका हुन् ।


यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको सेयरमूल्य ३.२८ प्रतिशतले घटेर १ हजार ४१५ रूपैयाँमा झरेको छ ।

प्रतिकृया