• 6:33 am

राष्ट्र बैंकको सञ्चालकमा कृष्णहरि पुष्कर नियुक्त

प्रकाशित मिति

२०७९ भाद्र १ गते, बुधबार १२:४८

१ भदौ २०७९, काठमाडौं: नेपाल राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव कृष्णहरि पुष्कर नियुक्त भएका छन् । आज भदौ १ गते बुधबार पुष्करले कायममुकायम प्रधानन्यायाधीस दिपकुमार कार्की समक्ष राष्ट्र बैंकको सञ्चालकका रुपमा सपथ लिएका हुन् ।अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंकको सञ्चालक समितीमा पदेन सदस्य हुने व्यबस्था छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

प्रतिकृया