• ११:२५ २०८१ बैशाख ७ गते
  • 11:25 am

बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरुलाई मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा १०%को छुट

प्रकाशित मिति

२०७९ श्रावण ३० गते, सोमबार ०५:२१

Manasarovar scaled e1660563321595

३० साउन २०७९, काठमाडौं: बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।


यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट मा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १०%को छुट पाउनुहुनेछ। उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोटले बाँकेको नेपालगंजबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।


हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया