नेप्से २.७८ प्रतिशतले बढ्याे
प्रकाशित मिति
२०७९ श्रावण ३० गते, सोमबार ०४:०६
३० साउन २०७९, काठमाडौं: विगतका पाँच दिनमा नेप्से सूचक ११३.८१ अंकले घटिसकेको नेप्सेमा आज सोमबार बलियो बाउन्सव्याक देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा पुगेको छ । नेप्से २.७८ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ११.२३ अंकले बढेर ३ सय ९८.१३ को बिन्दुमा पुगेको छ ।
कूल २१५ वटा कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सूचक बढेको छ ।
त्यसैगरी, सोमबार शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २१ करोड २ लाख ५२ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । आज राधि जल बिद्युत कम्पनी, मल्टीपर्पोस फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
यस दिन रिडि पावर कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घटेर ६३७.८० रूपैयाँमा झरेको छ ।
प्रतिकृया