• १७:२३ २०८० चैत्र ६ गते
  • 5:23 pm

गठबन्धनभन्दा पार्टी सुदृढ गर्न देउवालाई शेखर कोइरालाको आग्रह

प्रकाशित मिति

२०७९ श्रावण ३० गते, सोमबार १०:०५

deuba shekhar e1660537207724

३० साउन २०७९ काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्न सुझाव दिएका छन् । पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन नगरी गठबन्धनमा मात्रै जोड दिँदा परिणाम राम्रो नआउने भन्दै कांग्रेस डा. कोइरालाले सुझाव दिएका हुन् ।


आइतबार प्रधानमन्त्री देउवाले बालुवाटारमा बोलाएपछि उनीसँग छलफल गर्नका लागि डा। कोइराला अपराह्न ३ बजे बालुवाटार पुगेका थिए । भेटमा कोइरालाले भ्रातृ संस्थाका अध्यक्ष , केन्द्रीय कार्यसमितिका सदस्य मनोनयनमा एकलौटी गरेको बताएका छन् ।


देउवासँग एक घण्टा कुराकानी गरेका डा। कोइरालाले एकलौटी ढङ्गले अघि बढे गठबन्धन मात्रै गरेर कुनै लाभ नहुने र देशभरका कार्यकर्तामा असन्तुष्टि रहेको सुनाएका थिए ।


यता सभापति देउवाले हालसम्म भएका निर्णय स्वीकार गर्न आग्रह गरेका थिए । उनले भविष्यमा परामर्श गरेर अघि बढ्ने आश्वासन दिएका थिए ।

प्रतिकृया