• 8:42 pm

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मंचले मन्त्री कुँवरलाई साउदी दुतावासका समस्याबारे जानकारी

प्रकाशित मिति

२०७९ श्रावण २९ गते, आईतवार ०५:३५

२९ साउन २०७९, काठमाडौं: श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच नेपालले साउदी राजदुतावास नेपालमा भएका समस्याबारे जानकारी गराएको छ। आइतबार मन्त्रालयमा आएर मंचको टोलीले ८ वटा समस्याबारे मन्त्री कुँवरलाई जानकारी गराएको हो।


मंचले बुद्दागत रुपमा सुझाब सहित ८ वटा विषयको उठान गरेको छ । जसमा कागजात प्रमाणित, कोटा प्रणाली, प्रमाणपत्र, एजेन्सी निलम्बन, भिसा रद्द, साउदी अरबस्थित कम्पनीहरुले गर्ने काम, राहदानी पेश र सुचना प्रणाली रहेका छन् ।
त्यस्तै मंचले मलेशियाको समस्याका बारेमा पनि मन्त्री कुँवरलाई जानकारी गराएको छ। वैदेशिक रोजगारमा जाने नेपालीको संख्या उल्लेख्य मात्रामा भएपनि उनीहरुले त्यहाँ जादाँ विभिन्न समस्या भोग्नु पर्ने भएकाले यो झन्झटिलो प्रक्रियालाई सरल बनाउन मन्त्रीलाई पहल गरिदिन मंचले आग्रह गरेको मंचका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनु भएको छ।


उनीहरुका समस्यालाई बुझ्दै मन्त्री कुँवरले आफुले यी समस्या समाधानका लागि पहल गर्ने बचन दिनु भएको छ । उहाँले आफुले सम्बन्धीत देशका राजदुतलाई भेटर पनि नेपाली कामदारलाई सहज वातावारण बनाउनका लागि पहल गरेको जानकारी दिनु भयो । साथै उहाँले अहिले वैदेशिक रोजगारीमा थुपै खालका समस्या देखिएकाले श्रम बजार मात्रै नभई व्यवसायलाई पनि मर्यादित बनाउनका लागि सबैले पहल गर्नुपर्ने बताउनु भएको छ।

प्रतिकृया