• १६:५८ २०८० चैत्र १६ गते
  • 4:58 pm

नेप्सेमा दोहोरो अंकको गिरावट

प्रकाशित मिति

२०७९ श्रावण २९ गते, आईतवार ०३:५४

nepse gateko e1620295217788

२९ साउन २०७९ काठमाडौं: आज साताको पहिलो दिन आईतबार पनि नेप्से परिसूचकले ओरालो यात्रा तय गरेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आईतबार) सेयर कारोबार मापक नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१०.०१ विन्दुमा पुगेको छ । नेप्से १.३७ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.७३ अंकले घटेर ३ सय ८६.९४ को बिन्दुमा झरेको छ ।


कूल २२७ वटा कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सूचक घटेको छ । त्यसैगरी, आइतबार हिमालयन डिष्टिलरी कम्पनी सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ५३ लाख ९६ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।


आज अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा बढिले बृद्धि भएको छ । कम्पनीको सेयरमूल्य ८.१० प्रतिशतले बढेर १ सय ५४ रूपैयाँ ८० पैसा पुगेको छ । यस दिन गुँरास लघुवित्त वित्तिय संस्थाको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ७.०९ प्रतिशतले घटेर १ हजार ७४ रूपैयाँमा झरेको छ ।

प्रतिकृया