• 5:54 pm

बालेनलाई योगेशको आग्रह-फोहोर व्यवस्थापनमा सरकारले केही गर्न सक्दैन, एमाले सहयोग गर्न तयार छ

प्रकाशित मिति

२०७९ श्रावण २९ गते, आईतवार ०१:१७

२९ साउन २०७९, काठमाडौं: प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले काठमाडौँमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो आलोचना गरेका हुन्। उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई फाहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिए।


उनले एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रश्तावसहित एमालेसँग सम्वादमा आउनका लागि मेयर साहलाई आग्रह पनि गरे।


सदस्य भट्टराईले भने, ‘यसअघि काठमाडौँको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ। आज ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन। सम्बन्धित मन्त्रीहरू बेखबर छन्। त्यस्तै, झाडापखाला, हैजा लगायत काठमाडौँको फोहोरले काठमाडौँलाई डुङ्डुङ्ती गन्हाउने अवस्थामा पुगेको छ। यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन। यो सरकारको हुत्ति पनि छैन। त्यसैले म सरकारको ध्यानाकर्षण गर्दिन आज। म काठमाडौँका मेयर बालेन साहलाई भन्न चाहन्छु, आउनुहोस् ठोस प्रश्तावसहित नेकपा एमालेसँग त्यो भिजन छ। दृष्टिकोण छ। नेकपा(एमाले) पूर्ण क्षमताका साथ तपाईँलाई सहयोग गर्न तयार छ। यदि तपाईं सरकारको भर पर्नुभयो भने तपाईं असफल हुने निश्चित छ। काठमाडौँको बर्बादी हुनेछ। सांस्कृतिक सहर काठमाडौँलाई सबै मिलेर रक्षा गरौँ।’

प्रतिकृया