• 10:07 pm

निर्वाचनका लागि दल दर्ता गर्न तीन दिन बाँकी

प्रकाशित मिति

२०७९ श्रावण २९ गते, आईतवार ०९:२३

२९ साउन २०७९, काठमाडौँ : आगामी मंसिर ४ हुने गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय अब ३ दिन मात्रै बाँकी रहेको छ । निर्वाचन आयोगले निर्माण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘यस बिचमा ४० राजनीतिक दल दर्ता भएका छन्’ पौडेलले भने ।


निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो । ठूला राजनीतिक दलमध्ये हालसम्म नेकपा एमालेले मात्र दल दर्ता गरेको छ। नेपाली कांग्रेसले दल दर्ता गर्ने जिम्मेवारी पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिएको छ। नेकपा मा‌ओवादी केन्द्रले पनि दल दर्ता गर्न बाँकी छ।

प्रतिकृया